१९ फाल्गुन २०८२, मंगलवार

जर्मनीको बर्लिनमा नेपालका पर्यटनमन्त्रीले पाए अवार्ड

कोलोराडोखबर संवाददाता , March 7th, 2025

अमेरिका । जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।

बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट २०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट टुरिजम् मिनिस्टर अफ द एयर अवार्ड प्रदान गरिएको हो ।

सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदैआएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्