नेपाल । नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताउनु भएको छ ।
झापा विद्रोहका क्रममा सुशानीमा ज्यान गुमाएका शहीदहरूप्रति बुधबार एक विज्ञप्ति जारी गरेर उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई राजतन्त्र र पञ्चायती जल्लादहरूले सुखानीको जंगल हुँदै इलामको सीमानामा लगेर अत्यन्त हिंस्रक ढङ्गले, बर्बरतापूर्वक र विवेकहिन ढङ्गले हत्या गरेको उनले स्मरण गर्नुभएको छ ।
खनालले विज्ञप्तिमा भनिएको छ, ‘आज कै दिन सुखानीको जंगलमा पञ्चायती जल्लादहरुले हाम्रा प्रिय नेताहरूको दर्दनाक ढङ्गले हत्याकाण्ड रचेको थियो। राजतन्त्रको ठाडो आदेशमा पञ्चायती जल्लादहरुले गरेको त्यो अत्यन्त पाशविक हत्या थियो। त्यो एउटा अमानवीय, एउटा क्रुर र एउटा विवेकहिन हत्या थियो। राजतन्त्र र पञ्चायती शासकहरूले ती वीर नेता र योद्धाहरूलाई जेलमा राख्ने मात्र पनि आँट गरेनन्। वहाँहरूको बाँच्न पाउने मानव अधिकारलाई पनि वास्ता गरेनन्। त्यति मात्र होइन राजतन्त्रले देशका अनेकौँ ठाउँमा अरू सयौँ र हजारौँ योद्धाहरूको हत्या गरे।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्