२० फाल्गुन २०८२, बुधबार

चैत ५ गते त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा स्ववियु चुनाव हुँदै

कोलोराडोखबर संवाददाता , March 4th, 2025

नेपाल । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा संघ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् ।

चुनावी कार्यतालिकाको पहिलो दिन विद्यार्थी सङ्घ, सङ्गठन र समूह दर्ताको काम सकिएको छ । दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिले जनाएको छ ।

स्ववियु चुनावमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी सङ्गठन, समूह दर्ता हुनुपर्ने व्यवस्था छ । त्रिविका ६२ वटै आङ्गिक क्याम्पसमा निर्वाचन समिति गठन भएको भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्