अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतका पूर्वउपाध्यक्ष मोहन कार्की निधन भएको छ ।
५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने ७ बजे बेलायतको स्कटल्यान्ड राज्यमा पर्ने फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको हो।
उनको कलेजोमा क्यान्सरको समस्या देखिएको र अन्तिम समयमा मात्र पत्ता लागेकाले बचाउन नसकिएको परिवारलाई उद्धृत गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले बताए । कार्की एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदको संस्थापक अध्यक्ष पनि थिए ।
नेपालमा काठमाडौँको कालिमाटी घर भएका कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्