नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रमा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरे ।
उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्