अमेरिका । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा नियुक्त भएका छन् ।
परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सिमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुने छन् । विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो ।
प्रतिक्रिया दिनुहोस्