२० फाल्गुन २०८२, बुधबार

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

कोलोराडोखबर संवाददाता , March 3rd, 2025

अमेरिका । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

विभिन्न आरोप लागेर विवादित रहेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ ।

पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

प्रतिक्रिया दिनुहोस्