२० फाल्गुन २०८२, बुधबार

जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउन दिन्नौंः प्रचण्ड

कोलोराडोखबर संवाददाता , March 2nd, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् ।

जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए ।

उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान शुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्