अमेरिका । गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको आठौं महाधिवेशन सम्पन्न भएको छ । मस्कटमा भएको महाधिवेशनले सुरेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि विकल झा अध्यक्ष थिए ।
अधिवेशनले उपाध्यक्षमा क्रमशः रबिन शिल्पकार, लक्ष्मीप्रसाद कोइराला, गोपाल कुवर र सुबास काफ्ले चयन गरेको छ । महासचिवमा बिनोद श्रेष्ठ सहित क्रमशः ४ जना काशिराम सुनार, केशब थापा,डा. कमल अर्याल, बिनोद दास सचिव चयन भएका छन् ।
कोषाध्यक्षमा गितादेवी धिताल र सह कोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा राजेश महर्जन, महिला सम्योजकमा मिरा नेपाली, युवा संयोजकमा सुरज चित्रकार तथा आइसीसी सदस्य पछी चयन गर्ने गरी १३ जनाको कार्यसमिति सदस्य चयन गरिएको छ ।
सदस्यहरुमा डा. अनिल कुमार रजक, शुवास पाठक, डा. सहदेव बिडारि, डा. सङ्दु शेर्पा, श्याम भट्टराई र प्रीयंका काफ्ले खतिवडा रहनु भएको छ । त्यस्तै देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशीलकुमार शाह, धनबहादुर शिवा, नन्दलाल खनाल रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्