२० फाल्गुन २०८२, बुधबार

असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

कोलोराडोखबर संवाददाता , March 1st, 2025

नेपाल । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै सदनमा अध्यादेश पेश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रवार साँझ बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग छलफल गर्ने र सम्भवतः २१ गते नै अध्यादेश पेश गर्ने जानकारी दिए ।

दुवै सदन फागुन २१ मा बस्दै छ । फागुन २१ मा पेश नभए २२ मा पेश हुने उनले बताए ।

बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला तथा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्