२० फाल्गुन २०८२, बुधबार

नेकपा एसले बनायो आन्दोलन परिचालन तयारी कार्यदल

कोलोराडोखबर संवाददाता , February 27th, 2025

नेपाल । नेकपा (एस) को सचिवालय बैठक सम्पन्न भएको छ।

बुधबार सम्पन्न बैठकले आन्दोलनको विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको
सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको छ।

कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहनु हुनेछ । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्ताबेज, सङ्गठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उपमहासचिव भट्टराईको भनाई छ । बैठकले पार्टीलाई एकताबद्ध भएर अघि बढाउने निर्णय गर्दै केन्द्रीय कमिटीका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्