नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको बैठकले केही नियमावली तथा कार्यविधिहरु पारित गरेको छ ।
गत बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठकले पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम कवीन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरिएको पार्टीले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्