२० फाल्गुन २०८२, बुधबार

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउदै छः नेपाल

कोलोराडोखबर संवाददाता , February 24th, 2025

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउन खोजेको दाबी गर्नुभएको छ ।

साथै केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक, अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको दाबी गर्नुभएको छ।

आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान केपी ओली सरकार संविधानप्रति इमान्दार नरहेको बताउनुभयो ।

‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’,अध्यक्ष नेपालको भनाइ छ ।

ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै सरकार नै अनुत्पादक क्षेत्रमा खर्च गर्न उद्यत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्