२० फाल्गुन २०८२, बुधबार

बोलेकै भरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने गगन थापाको टिप्पणी

कोलोराडोखबर संवाददाता , February 23rd, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने टिप्पणी गरेका छन् ।

प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे टिकाटिप्पणी भइरहेका बेला विराटनगरमा पत्रकारको प्रश्नको जवाफमा महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।

महामन्त्री थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको स्पष्ट पार्दै जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने बताए ।

प्रतिक्रिया दिनुहोस्