नेपाल । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
पाथीभरा केबलकार विवाद चर्किँदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएकोभन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति अबेर जारी गर्नुभएको सूचनाअनुसार सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्ले पाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
शनिवार राति नो केबुलकार समूहले फुङ्लिङमा बजारमा गरेको प्रदर्शनपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको र झडपका कारण परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्माणाधीन केबुलकारको विषयलाई लिएर शनिवार साँझ सदरमुकाम फुङ्लिङमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दर्जनौं सङ्ख्यामा दुवै पक्षका घाइते भएका छन् । नो केबुलकार समूहले केबुलकारविरुद्ध सदरमुकाममा राँके जुलुस निकालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप सुरु भएको थियो ।
गएको बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबुलकार निर्माणस्थलमा पनि नो केबुलकार समूह र प्रहरीबिच झडप भएको थियो । सो झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्