२० बैशाख २०८२, शनिबार

एनआरएनएको राष्ट्रिय समितिको सदस्यता अभियान शुरु

कोलोराडोखबर संवाददाता , February 23rd, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा काठमाण्डौमा हुने १२ औं विश्व सम्मेलनको तयारीका लागि आइतबारदेखि राष्ट्रिय समितिको सदस्यता अभियान शुरु गरेको छ ।

एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तका अनुसार आइतवारदेखि एसिया, ओसिनिया, मध्यपूर्व, युरोप, अफ्रिका र अमेरिका क्षेत्रमा सो अभियान सञ्चालन गरिने भएको हो ।

संघको सदस्यता वितरण, सदस्यहरूको कर्तव्य, अधिकार र सुविधाबारे सो कार्यक्रममा जानकारी दिइनेछ ।

कार्यक्रममा एनआरएनएको नयाँ सदस्य सूचना प्रणाली र स्मार्ट एनआरएनएको अपडेट बारे सदस्यहरूसँग छलफल गरिनेछ । कार्यक्रममा गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरू र केन्द्रीय पदाधिकारीहरू भर्चुअल माध्यमबाट जोडिनेछन् ।

प्रतिक्रिया दिनुहोस्