नेपाल । संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन भएको छ ।
सुगरबाट पीडित ५८ वर्षीय सापकोटालाई केही दिनयता उच्च ज्वरो आएको थियो । उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो ।
लामो समय एमाले काभ्रेपलाञ्चोक एमालेको सचिव रहेका उनी पछिल्लो समय नेकपा एसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए ।
२०७० सालको संविधानसभा निर्वाचनबाट उनी काभ्रे ४ बाट उनी निर्वाचित भएका थिए ।
सापकोटाका श्रीमती एक छोरी छन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्