नेपाल । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दैछ । बुधबार पोलिटब्युरो बैठक बसेपछि बिहीबार केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेको तथा आजको बैठकका लागि एजेन्डा तय गरेको थियो ।
जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्ध,मा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।
सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्