२० फाल्गुन २०८२, बुधबार

कांग्रेस सभापति शेरबहादुर देउवा भारत जाँदै

कोलोराडोखबर संवाददाता , February 20th, 2025

नेपाल । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।

उत्तर प्रदेशको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन उनी बिहीबार भारत प्रस्थान गर्न लागेको सचिवालयले जनाएको छ ।

भारतमा जारी महाकुम्भमा यसअघि कांग्रेस महामन्त्री गगन थापा पनि पुगेका थिए । सचिवालयका अनुसार देउवाको राजनीतिक भेटघाट भने तय छैन ।

देउवा सहभागी हुने यो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्