२० फाल्गुन २०८२, बुधबार

प्रजातन्त्र दिवसमा पूर्वराजाको चेतावनीयुक्त सन्देश

कोलोराडोखबर संवाददाता , February 19th, 2025

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न भनेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले त्यागले कसैको कद सानो नहुने भन्दै उक्त चेतावनी दिएका हुन् ।

व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाउँदै उनले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान भएको बताए ।

उनले प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्