नेपाल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात एनओसी रोक्ने चेतावनी दिएको छ ।
ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भविष्यमा एनओसी दिन रोक्ने चेतावनी दिएको हो ।
उक्त घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउदैँ घटनाको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता शिबकुमार सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्