अमेरिका । क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । विमान मिनियापोलिसबाट स्थानीय समय अनुसार सोमबार बिहान ११ः३४ बजे उडेको थियो।
टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दुर्घटना हुँदा अन्य १२ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन् ।
विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए । सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्