अमेरिका । विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार भएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार सोलोभेनिया, माल्दोवा र क्रोएशियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो ।
जोशीका अनुसार यसअघि गठन भएको गैरआवासीय नेपाली संघ रोमानियाको पुनर्गठन गरेर सक्रिय पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्