नेपाल । शनिबार पोखरामा भ्रमण वर्ष कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् ।
दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५–६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् ।
तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्