अमेरिका । भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन् ।
लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएकी छिन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्