२० फाल्गुन २०८२, बुधबार

नियमित रूपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नु गलत छः खनाल

कोलोराडोखबर संवाददाता , February 12th, 2025

नेपाल । नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले नियमित रूपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नु गलत छ भने ।

आगामी दिनमा बाम गठबन्धन हुने–नहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्