२० फाल्गुन २०८२, बुधबार

रविका पार्टनर छबिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

कोलोराडोखबर संवाददाता , February 11th, 2025

नेपाल । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सुप्रिम सहकारीको रकम ठगी मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोमवारको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उक्त आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले थाहाखबरलाई जानकारी दिए ।

सोही मुद्दामा रास्वपाका सभापति रवि लामिछाने भने धरौटीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्