२१ बैशाख २०८२, आईतवार

दुर्घटनामा मृत्यु भएकी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग

कोलोराडोखबर संवाददाता , February 11th, 2025

अमेरिका । माल्टामा सडक दुर्घटनामा परी मृत्यु भएकी महोत्तरी बर्दिबासकी गौरीकुमारी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग गरेको छ ।

एनआरएन माल्टाले नेपाली समुदायलाई मृतकको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोग गर्न ‘गो गेट फन्डिङ’ मार्फत अपिल गरेको थियो।

सहयोग अभियानबाट संकलन भएको रकमबाट शव नेपाल पठाएर बाँकी रहेको १६ लाख ५७ हजार १ सय ४० नेपाली रूपैयाँ आमा तुलसा बरालको सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंक भिमान शाखामा रहेको खातामा जम्मा गरिदिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्