२० फाल्गुन २०८२, बुधबार

सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्‍याउन अध्यादेश ल्याएको नेपालको टिप्पणी

कोलोराडोखबर संवाददाता , February 11th, 2025

नेपाल । नेकपा (एस) अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले ठूला पार्टी मिलेर मनपरी गर्न पाइन्छ भनेर सोचेको छ भने त्यो भ्रम हुने बताउनु भएको छ ।

अहिलेको सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्‍याउन अध्यादेश ल्याएको टिप्पणी गरे । ‘संसदको अधिवेशन छल्न खोजेर रातारात अध्यादेश ल्याउनुपर्ने आवश्यकता के थियो ? ’,अध्यक्ष नेपालको प्रश्न छ ।

पोखरामा पार्टी गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन कार्यक्रममा उहाँले नेपालमा शासकले देखाइरहेको प्रत्येक रवैयाले शासकहरुको लोकप्रियतामा ह्रास आइरहेको बताउनुभएको हो ।

नेकपा (एस) लाई गल्ती गर्ने छुट नभएको उहाँको भनाई छ । पवित्र उद्वेश्य भएकाले आफ्नो पार्टीले तंरग पैदा ल्याउन सक्ने उहाँको चेतावनी छ । सत्तामा अहिले कम्युनिष्ट पार्टीकै मान्छे भएपनि मति विग्रेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्