२० फाल्गुन २०८२, बुधबार

अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिउँः गगन थापा

कोलोराडोखबर संवाददाता , February 9th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन् ।

शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताए ।

उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको बताए । सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कदा आफैँ संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्