२० फाल्गुन २०८२, बुधबार

कांग्रेस-एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी

कोलोराडोखबर संवाददाता , February 9th, 2025

नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ ।

पार्टीको उपत्यका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यादेश र संविधान संशोधनलगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिनुभएको हो ।

उहाँले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ किरु भन्ने प्रश्न गर्नुभयो । अध्यक्ष नेपालले त्यसो भए सामना गर्न तयारी रहेको स्पष्ट पार्नुभयो।

अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझावसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्