२१ बैशाख २०८२, आईतवार

अमेरिकी वायुसेनाको विमानबाट १०४ आप्रवासी भारत पुर्याइए

कोलोराडोखबर संवाददाता , February 6th, 2025

अमेरिका । संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत पुगेका छन् ।

ट्रम्पको जनवरी २० को उदघाटनपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् । तिनमा केही अपराधका आरोपीहरू पनि छन् ।

उत्तरी सहर अमृतसरमा अमेरिकी सैन्य विमान अवतरण गरेको देखेका थिए र भारतीय मिडियाले रिपोर्ट गरेअनुसार यसमा एक सय चार जना भारतीय आप्रवासी थिए ।

ट्रम्पको आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले एक करोड १० लाख कागजातविहीन आप्रवासीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्