नेपाल । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा सोमबारनै मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका कारण मंगलबारमात्रै मुद्दा दर्ता हुन लागेको हो ।
विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।
यसअघि कास्की, काठमाडौं र रुपन्देहीबाट रवि मोटो रकम धरौटी बुझाएर रिहा भएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्