नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्गठन निर्माणमा अहिलेदेखि नै क्रियाशील बन्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरे ।
कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका हुन् ।
सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्