२८ श्रावण २०८३, बिहीबार

ताजा समाचार

अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

काठमाडौं । एजेन्टलाई ८५ लाख बुझाएर अमेरिका पुगेका एक नेपालीको मृत्यु भएको छ । साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । श्रेष्ठ गत भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श...
पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

काठमाडौं । नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले शनिबार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसासियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसासिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक पत्रकार गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरे । अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । महोत्सव...
नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

-नातिबाबु भट्ट/ कोलोराडो । नेपाल सम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनिबार एक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी र आयोजक संस्थाका पदाधिकारीहरु लयागतको उपस्थिती रहेको थियो । संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रस्तुत गरेका थिए । केही समय अगाडि नेपाली सांस्कृतिक केन्द्र भवनको प्रांगणमा ईन्दजात्रा सम्पन्न गरिएको थियो । राष्ट्रिय बिभुती तथा नेपाल सम्वतका प्रवर्तक ...
कतारमा सुनिए कवि कृसु क्षेत्री

कतारमा सुनिए कवि कृसु क्षेत्री

काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गर्नुभएको थियो । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमका सभापति लेख कार्क...
युएईसँग नेपाल ४-० गोलअन्तरले पराजित

युएईसँग नेपाल ४-० गोलअन्तरले पराजित

काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित पराजित भएको छ । बिहीबार राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे । दोस्रो हाफमा भने युएईले आक्रम...
अमेरिकाको बोस्टनमा पनि खेलियो देउसी भैलो

अमेरिकाको बोस्टनमा पनि खेलियो देउसी भैलो

अमेरिका । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) द्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न गरिएको छ । गत सोमवार साँझ आफ्नै भवनमा रहेको पशुपतिनाथ बुद्ध मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन, प्रवर्धन तथा पुस्ता हस्तान्तरण गर्ने र मन्दिर तथा सामुदायिक भवनलाई नियमितरुपमा प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग जुटाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा ‘बोस्टन सुसेली समूह’का चर्चित कलाकारहरुदेखि उदयमान स्थानीय कलाकारहरु समेतको बेजोड प्रस्तुति रहेको थियो ।  ...
भूकम्पपीडितलाई सहयोग जुटाउन कोलोराडोमा ‘गो फन्ड मी’ सञ्चालन

भूकम्पपीडितलाई सहयोग जुटाउन कोलोराडोमा ‘गो फन्ड मी’ सञ्चालन

कोलोराडो । नेपालको जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पपीडितलाई सहयोग जुटाउन अमेरिको कोलोराडोमा सबै नेपाली भाषीहरूको सक्रियतामा ‘गो फन्ड मी’ खोलिएको छ । कोलोराडोमा क्रियाशील सबै संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, दाताहरुको भेलाले भूकम्पपीडितलाई यथाशक्य सहयोग गर्न अपिल गर्दै संयुक्तरूपमा ‘गो फन्ड मी’ खोलिएको हो । नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएनए कोलोराडो च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, मगर संघ कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, तमु धिँ कोलोराडो , कोलोराडो नेवाः खल, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर, जातिभेदविरुद्ध विश्व लगायतका संघसंस्थाले सहयोग संकलन र हस्तान्तरण गर्ने उल्लेख गरेका हुन् ।...
जय नेपाल फाउण्डेशनले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

जय नेपाल फाउण्डेशनले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

अमेरिका । दशैं र तिहार जस्ता पर्वको उपलक्षमा ‘जय नेपाल फाउन्डेसन’ ले गत आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष डा. यादव पण्डितको सभापतित्वमा अनलाइन माध्यम जुमबाट आयोजित कार्यक्रममा एसिया, अस्ट्रेलिया, युरोप, अमेरिका महादेशका विभिन्न देशबाट आमन्त्रितहरू सहभागी रहेका थिए । महान चाड दशैं र तिहारले नेपाल र विश्वभर छरिएर रहनु भएका नेपालीहरूमा शुख शान्ति, सम्बृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिएको अध्यक्ष यादवले बताउनु भयो । सो अवसरमा अध्यक्ष डा. पण्डितले नेपालीहरुको उपस्थिति रहेका सबै देशमा फाउन्डेसनको शाखा बिस्तार गरिने बताउँदै गत अक्टोबरबाट सम्पर्क कार्यालय नेपालको काठमाडौंमा स्थापना गरिएको जानकारी दिनु भयो । प्रजातान्त्रिक विचार र सामाजिक भावना भएका व्यक्तिहरू एउटा साझा चौतारीमा बसेर विभिन्न मुद्धाहरुमा बिचार मन्थन, प्राज्ञिक छल...
भाइटीकाको शुभ साइत बुधबार बिहान १०ः५१ बजे

भाइटीकाको शुभ साइत बुधबार बिहान १०ः५१ बजे

काठमाडौँ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । भाइटीकाको टीका आज दिनभर लगाउन ...
वरिष्ठ बालसाहित्यकार मानन्धरको ९० वर्षको उमेरमा निधन

वरिष्ठ बालसाहित्यकार मानन्धरको ९० वर्षको उमेरमा निधन

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले बताउनुभयो । स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गर्नुभएको थियो । छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कदै आउनुभएको हो । साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ ।...