३ बैशाख २०८३, बिहीबार

ताजा समाचार

एक महिनासम्म निषेधित क्षेत्र घोषणा, के होला प्रसाईँ र युवा विधार्थीको प्रदर्शन ?

एक महिनासम्म निषेधित क्षेत्र घोषणा, के होला प्रसाईँ र युवा विधार्थीको प्रदर्शन ?

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ । एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । आ...
दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासंगै नेपाली घरको एघारौं साधारण सभा सम्पन्न

दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासंगै नेपाली घरको एघारौं साधारण सभा सम्पन्न

-नातिबाबु भट्ट/कोलोराडो । कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको एघारौं साधारण सभा गत आईतबार एक समारोह बीच सम्पन्न भएको छ । हेल्पिङ हेण्डका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी डा बिजयराज शर्मा, नेपाली घरका सल्लाहकारद्वय पुरुषोत्तम पाण्डे, रमेश गुरूङ र नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल बाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको ११औं साधारण सभामा कोलोराडो स्थित प्रायः सबै संघ संस्थाका अध्यक्ष एबं प्रतिनिधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी र नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाली सांस्कृतीक केन्द्र भवनमा सम्पन्न कार्यक्रमा नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले हालै खरिद नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा सिटी संग भए गरेका कृयाकलापको प्रगती बिवरण प्रश्तुत गरेका थिए । ...
‘छठको आदिभूमि’मा सर्वधर्म र सर्वजातको साझा पर्वको रुपमा मनाइयो छठ

‘छठको आदिभूमि’मा सर्वधर्म र सर्वजातको साझा पर्वको रुपमा मनाइयो छठ

रौतहट । छठ पर्वलाई लोकपर्वको रुपमा सर्वत्र चिनिएको छ । विश्वभर फैलिइसकेको लोकपर्व छठको ‘आदिभूमि’ भनेर चिनाउँदै गरिएको रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटमा भने सबै धर्म र सबै जातले छठपर्वलाई समान आस्थाको रुपमा मनाउने गरेको पाइएको छ । समनपुरस्थित छठघाटमा धार्मिक कार्यक्रमको लागि सजाइएको मंचमा बज्जिका भाषामा लेखिएको छ – “समनपुरमा उत्पत्ति भएर विश्वभर विस्तार भइसकेको छठ पबनीको आदिभूमि समनपुर छठघाटमा सम्पूर्ण व्रतालु, श्रद्धालु र आगन्तुकलाई स्वागत गर्दै सबैको मनकामना पूरा होओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।” रौतहटको गढीमाई नगरपालिका २ समनपुरका वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ भन्छन् – “छठ पबनीको आदिभूमि समनपुरको बागमती किनारमा सबै धर्मावलम्बीले श्रद्धा, निष्ठा र भक्तिपूर्वक छठ पर्व गरेका छन् ।” मधेशी समुदायको बाहुल्य रहेको र केही परिवारमात्र नेवार रहेको वडाको वडाध्यक्ष पदमा दुई पटक निर...
सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

–प्रतिमान पौडेल– यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावाले छोइसकेको छ । मुलुक टाट पल्टिन लागि सक्यो, यिनलाई भने सत्ताकै मात्र चिन्ता छ । सत्तामा गएर केही खोज्यो भने पनि गर्नेलाई गर्न नदिने हाम्रो मुलुकको दुर्भाग्य बन्दै आएको छ । हाम्रो निर्वाचन प्रणाली पनि ठिक छैन, कसैको बहुमत आउने अवस्था छैन । त्यसै कारण गठबन्धन बन्छ, गठबन्धन भनेको स्वार्थ समुह हो । हामी जनता पनि उस्तै हौ, एउटा पार्टीलाई बहुमत नदिने, सबैलाई भोट बाड्ने अनि यस्तै गठबन्धनको सरकार नभएर के हुन्छ ? यस्तो सरकारबाट मुलुकको उन्नती प्रगतिको अपेक्षा कसरी गर्ने ? सबै मिलेर वित्तीय संकट स...
अस्ट्रेलियाले जित्यो आइसिसी क्रिकेट विश्वकपको उपाधि, भारत ६ विकेटले पराजीत

अस्ट्रेलियाले जित्यो आइसिसी क्रिकेट विश्वकपको उपाधि, भारत ६ विकेटले पराजीत

एजेन्सीहरु । भारतलाई ६ विकेटले पराजीत गर्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा अस्ट्रेलिया च्याम्पियन बनेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गरेको हो । यो अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भएको छ । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन ।...
अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

काठमाडौं । एजेन्टलाई ८५ लाख बुझाएर अमेरिका पुगेका एक नेपालीको मृत्यु भएको छ । साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । श्रेष्ठ गत भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श...
पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

काठमाडौं । नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले शनिबार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसासियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसासिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक पत्रकार गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरे । अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । महोत्सव...
नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

-नातिबाबु भट्ट/ कोलोराडो । नेपाल सम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनिबार एक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी र आयोजक संस्थाका पदाधिकारीहरु लयागतको उपस्थिती रहेको थियो । संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रस्तुत गरेका थिए । केही समय अगाडि नेपाली सांस्कृतिक केन्द्र भवनको प्रांगणमा ईन्दजात्रा सम्पन्न गरिएको थियो । राष्ट्रिय बिभुती तथा नेपाल सम्वतका प्रवर्तक ...
कतारमा सुनिए कवि कृसु क्षेत्री

कतारमा सुनिए कवि कृसु क्षेत्री

काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गर्नुभएको थियो । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमका सभापति लेख कार्क...
युएईसँग नेपाल ४-० गोलअन्तरले पराजित

युएईसँग नेपाल ४-० गोलअन्तरले पराजित

काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित पराजित भएको छ । बिहीबार राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे । दोस्रो हाफमा भने युएईले आक्रम...