नेपाल । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि गत आइतबारदेखि आवेदन खुलाएको छ ।
उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।
पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्